अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सकिन लागेका प्रचण्डलाई ५३ सिटमा पुर्‍याएँ, सर्प रहेछन् मलाई नै डसे‌: अध्यक्ष ओली

सकिन लागेका प्रचण्डलाई ५३ सिटमा पुर्‍याएँ, सर्प रहेछन् मलाई नै डसे‌: अध्यक्ष ओली


सोलुखुम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विषालु सर्पको संज्ञा दिनु भएको छ ।

सोलुखुम्बुमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रमा अध्यक्ष ओलीले दाहाललाई सर्पको संज्ञा दिनु भएको हो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘प्रचण्ड त सिद्धिन लागेका थिए, उहाँलाई ल्याएर ५३ सीटमा पुर्‍याइदिएको थिएँ। पार्टीकै नेताहरुले प्रचण्ड खतरानक मान्छे हो, तपाईंले सर्प पाल्नु हुँदैछ भन्दै थिए। त्यसलाई बेवास्ता गरेर यस्ता सर्पहरुको दाँत फुकाल्न आउँछ भनेको थिएँ। साथीहरुले भने जस्तै प्रचण्डले डस्न थालिहाले।’

पार्टी फुटाएकोमा प्रचण्डलाई कुनै पछुतो नरहेको पनि अध्यक्ष ओलीले बताउनु भयो । उहाँले प्रचण्ड पार्टी फोडेर अहिले कांग्रेसको घर दैलोमा धाइरहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले नीति, दृष्टिकोण र विचार केही पनि नरहेको टिप्पणी गर्नु भयो ।