अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुमा कांग्रेस नेता काजी शेर्पासहित ३ वडाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत

सोलुखुम्बुमा कांग्रेस नेता काजी शेर्पासहित ३ वडाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत


सोलुखुम्बु – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सोलु दुघकुण्ड नगरपालिकाका मेयरका दाबेदार आङकाजी शेर्पा एमालेमा प्रवेश गर्नु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष मिङ्मार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा, सम्पर्क समितिका उपाध्यक्ष ज्ञानुराज भण्डारीसहितको समूह लिएर उहाँ एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता शेर्पाको समूहलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का पूर्व भौतिक पुर्वाधारमन्त्री अम्बिरबाबु गुरुङसहितका नेता सोलुखुम्बु आइपुग्नु भएको थियो ।

सोही कार्यक्रममा माप्य दूधकोशी गाउँपालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित वडा नम्बर ६ र ७ का वडाध्यक्षहरु दिनेश कुमार राई र सगुजीत राई पनि एमालेमा प्रवेश गरेका छन् ।

सोलु दूधकुण्ड नगरपालिकाको मेयरमा अघिल्लो चुनावमा एमालेका आङ इगेले शेर्पा १५० मतले पराजित भएका थिए । कांग्रेसका नाम्गेल शेर्पाले २७५१ मत पाएर मेयर जित्दा एमालेका शेर्पा २६०१ मतमा रोकिएका थिए ।

उपमेयर भने एमालेका कल्पना राईले जित्नु भएको थियो । योहो टेलिभिजनका अध्यक्ष समेत रहेका काजी शेर्पा कांग्रेसबाट मेयरको प्रमुख दाबेदार थिए ।