सुर्खेत -उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा सत्तारुढ गठबन्धन र राप्रपाको समर्थनका उम्मेद्वारलाई रहउादै एमालेले समर्थन गरेका स्वतन्त्र व्यवसायी लक्ष्मण कँडेल अध्यक्षमा विजयी हुनुभएको छ ।
नेपाली कांग्रेस संस्थापन समूह, नेकपा माओवादी, नेकपा एस, जसपा, राप्रपालगायतका दलहरुले सर्मथन गरेका हर्षविक्रम खड्कालाई नेकपा एमाले, कांग्रेसको संस्थापनइतर समूह र नेमकिपाको गठबन्धनले पराजित गरेको हो ।
स्थानीय तहको निर्वाचनको मुखैमा भएको उद्योग वाणिज्य संघ सुर्खेतको चुनावमा निवर्तमान महासचिव लक्ष्मण कँडेल विजयी हुनुभएके हो । नेकपा एमालेले यसलाई सत्तारुढ गठबन्धनको पराजयको रुपमा लिएको छ ।
आइतबार भएको निर्वाचनमा २०५८ मतदातामध्ये १८२४ मत खसेको थियो । यसअघिका महासचिवसमेत रहेका कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया