पोखरा -नेकपा (एस)लाई पोखरा महानगरको मेयर पद दिन काँग्रेस कार्यकर्ताले नमानेपछि संकटमा परेको गठबन्धन जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका स्थानीय नेतालाई काठमाडौं बोलाउनु भएको छ ।
आफूले भनेको कुरा नमानेमा कार्यकर्तालाई हप्काएर निर्देशन दिने देउवालाई पोखरा काँग्रेसका नेताहरुलाई काठमाडौं मै बोलाएर फकाउने रणनीति देउवाले लिनुभएको हो । काँग्रेस सभापति मसेत रहनु भएक प्रधानमन्त्री देउवाले छलफलका लागि प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापालाई काठमाडौं बोलाउनुभएको हो।
आज मध्यपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिन सुर्खेत जान लाग्नु भएका देउवाले त्यसअघि नै काँग्रेस पोखराका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । देउवाले आफ्ना कार्यकर्तालाई सम्झाइबुझाइ गरेर नेकपा एसलाई पोखराको मेयर दिने तयारी गर्नुभएको छ । आफू बाहेक अन्य पार्टीलाई मेयर पद दिए बागी उठेर हराइदिने महानगरका काँग्रेस पदाधिकारीहरुले नेतृत्वलाई चुनौत िदिएका थिए ।







प्रतिक्रिया