अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौँडा उपमहानगरको नेतृत्व समाजवादीको भागमा परेको भन्दै कांग्रेस कार्यालयमा तालाबन्दी

हेटौँडा उपमहानगरको नेतृत्व समाजवादीको भागमा परेको भन्दै कांग्रेस कार्यालयमा तालाबन्दी


हेटौँडा – नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी भएको छ ।

पाँच दलीय गठवन्धनले हेटौँडा उपमहानगरपालिका एकिकृत समाजवादीलाई दिने प्रस्ताब गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताले हेटौँडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाको पदाधिकारी तथा १९ वटै वडाध्यक्षहरुको बैठक चलिरहेको समयमा कार्यालयमा तालाबन्दी भएको हो ।