तनहुँ – नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पिँध नभएको लोटाको संज्ञा दिनु भएको छ । टेलिभिजनको एक कार्यक्रममा बोल्दै जोशीले पौडेललाई यस्तो संज्ञा दिनु भएको हो ।
नेता पौडेललाई उद्धृत गर्दै जोशीले भन्नुभयो, ‘नेपालको अहिलेको राजनीतिमा रामचन्द्र पौडेलको हैसियत मूल्यहीन छ । पौडेललाई काँग्रेसको वरिष्ठ नेता भन्न मिल्छ ? के का आधारमा वरिष्ठ नेता भन्ने ? कपाल फुलेको कारण की भूमिकाले वरिष्ठ नेता हुने हो ?’
उहाँले पौडेलको अहिलेको हैसियत भनेको नेता होइन शेरबहादुर देउवाको कार्यकर्ता मात्रै भएको बताउनु भयो । ‘देउवाको कार्यकर्ताको रूपमा भने रामचन्द्र पौडेलले राम्रो भूमिका छ । त्यहाँभन्दा माथि केही छैन’, उहाँले भन्नुभयो।
उहाँले तनहुँमा केही गरी पनि चुनाव जित्ने अवस्था नरहे पछि पौडेलले गठबन्धनको पण्डा गरेको बताउनु भयो । ‘जो जो सँग मिले पनि अब तनहुँका जनताले पौडेललाई राम्रोसँग चिनिसकेका छन् ’,उहाँले भन्नुभयो ।







प्रतिक्रिया