ताप्लेजुङ- स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलार्इ पदीय भागबण्डा मिलाउन सकस परिरहेको ताप्लेजुङमा भागबण्डाप्रति काँग्रेसका अगुवा नेताहरुको असन्तुष्टी बाहिरिन थालेको छ । काँग्रेसका फुङ्लिङ नगर सभापति सुरेश सिघंकले सामाजिक सञ्जालमार्फत चुनावी गठबन्धन भएर आफ्ना उम्मेदवार नभएपनि आफुले ७ वटै मतछाप रुख चिन्हमै लगाउने बताउनुभएको छ ।‘गठबन्धन होस् या नहोस् मतलव छैन,सातवटै छाप रुखमै लगाइन्छ उम्मेदवार नभएपनि,कसैको सत्ताको सुरक्षा र स्वार्थको लागि मतदाताले आफ्नो बिबेककको सर्मण किन गर्नु’उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छ ।
फुङ्लिङ नगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी गठबन्धन गर्ने तयारी स्वरुप गठबन्धन पक्षधरको छलफल चलिरहेको छ । उता काँग्रेस जिल्ला सचिव तथा जिल्ला अनुशासन समिति संयोजक नन्दकुमार ओझाले भने सूचना जारी गर्दै गठबन्धनको मर्म र भावना बिपरित सार्वजनिक टिप्पणी नगर्न भन्नुभएको छ । ओझाद्धारा जारी सूचनामा गठबन्धनको मर्म र भापना बिपरित सामाजिक सञ्जालमा अर्नगल प्रचार भइरहेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न र केहि गुनासो र्भ आधिकारि रुपमा काँग्रेस जिल्ला कार्यालयमा राख्न भनिएको छ । ताप्लेजुङमा जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान राज्य परिषद्लाइ छाडेर नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी बीच स्थानीय तहमा भागबाण्डा मिलाउन छलफल जारी रहेको छ । एक नगरपालिका सहित नौ स्थानीय तहमध्ये सोमवार सम्म पाथीभरा याङ्वरक गाउँपालिका,मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादीलाइ दिएर फुङ्लिङ नगरपालिका सहित अन्यको नेतृत्व काँग्रेसले गर्ने प्रस्ताव गठबन्धन दलबीच छलफलमा क्रममा उठेपनि काँग्रेसको अडानका कारण माओवादी केन्द्र पाथीभरा याङ्वरक गाउँपालिकाको नेतृत्व छाड्न तयार भएको स्रोतको दावी छ । नेकपा एसले कित स्थानीय तहको कुनै एक प्रमुख पद नभए जिल्ला समन्वय समितिको प्रमुख आफुहरुर्लार्इ दिनुपर्ने सर्त राखेको बताइएको छ । गठबन्धनका दलमध्ये काँग्रेस र माओवादीले भने नेकपा एसलार्इ मेरिङ्देन गाउँपालिकाको उपाध्यक्ष पद र केहि वडाध्यक्ष मात्र दिन सकिने प्रस्ताव गरेका छन् । तर नेकपा एसले पनि कुनै एक प्रमुख पदको अडान र बिभिन्न पालिकाको वडाको नेतृत्व समेत माग गरेका कारण गठबन्धन सकस कायमै रहेको छ ।
प्रतिक्रिया