अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको नियति, जहाँ गए पनि अपमानको अनुभूति

माधव नेपालको नियति, जहाँ गए पनि अपमानको अनुभूति


काठमाडौं – ‘…मेरो अपमान भो’ प्रचण्डसँग मिलेर एमाले फुटाउने तानाबाना बुन्दै गर्दा माधव नेपालले अपमान महसूस गरेका अन्तर्वार्ता र भाषणहरू खुबै सुनिन्थे । ‘मेरो अपमान भो’ अहिले माधव नेपाललाई चिनाउने एउटा थेगोको रूपमा आम मानिसले प्रयोग गर्दछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘क्यारिकेचर’ गरेरै ‘मेरो अपमान भो’ भन्ने गर्नुहुन्छ ।

एमालेमा अपमान भो भन्दै झण्डै आधा शताब्दी आफैंले लगानी गरेको पार्टी छोडेर हिडेका माधव नेपाललाई कहीं गए पनि चैन छैन । प्रचण्डले मान गरिदिने आशामा उहाँ पुस ५ पछाडि नेकपाको स्वघाषित अध्यक्ष बन्नुभयो । नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई सडकबाट कारबाही गरेर पेरिस डाँडामा अर्का अध्यक्ष प्रचण्डसँगै माधव नेपाल पनि अध्यक्ष बन्नुभयो । त्यसेबला उहाँलाई मान पाएको अनुभूति भएको थियो । अदालतले माधव नेपालको त्यो मान धेरै दिन टिक्न दिएन । पेरिस डाँडाँमाको नेम प्लेटमा ‘माधव नेपाल अध्यक्ष, बाहिर’ लेखेर बाहिरिएका माधव नेपाललाई २३ फागुन २०७७ पछि फेरि त्यहाँ भित्रिने स्थिति बनेन । अर्थात् माधव नेपाललाई एमाले र माओवादीको एकता भंग गरिदिएर अदालतले पनि ‘अपमान’ गरिदियो ।

नयाँ पार्टी बनाएर सरकारमा हिस्सेदार भएको नौ महिना पनि नपुगी फेरि माधव नेपाललाई अपमान भएछ। त्यो कुरा उहाँले आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा उल्लेख गर्नुभयो । ‘गठबन्धनमा मलाइ अपमान भयो तर म अपमान सहेर बस्ने मान्छे होइन ।’

अदालतले माधव नेपालको अपमान गरे पनि प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले माधव नेपाललाई क्षतिपूर्ती स्वरूप मान गर्ने क्रम जारी राखे । त्यसका लागि प्रचण्ड र देउवा दुवै नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जाने गर्दथे । सधैं मानमनितो गरेर राख्छौं अहिलेसम्मको अपमानको क्षतीपूर्तीको भरणपोषण गरिदिन्छौं भनेपछि नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा लाइन लागेर हस्ताक्षर गरे । फलत केपी शर्मा ओलीको सरकार विस्थापित भएर परमादेशको बलमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभयो । त्यसको केही समयमै माधव नेपाललाई अपमान नहोस भनेर २० प्रतिशतले पार्टी फुटाउन मिल्ने अध्यादेश सरकारले जारी ग¥यो ।

अध्यादेशले मान गरेपछि नेपालले एमाले विभाजन गर्नुभयो र नेकपा समाजवादीको अध्यक्ष भएर अपमानको पुरताल गरेको अनुभूति गर्नुभयो । तर समय एकनास रहेन । नयाँ पार्टी बनाएर सरकारमा हिस्सेदार भएको नौ महिना पनि नपुगी फेरि माधव नेपाललाई अपमान भएछ । त्यो कुरा उहाँले आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा उल्लेख गर्नुभयो । ‘गठबन्धनमा मलाइ अपमान भयो तर म अपमान सहेर बस्ने मान्छे होइन ।’ माधव नेपालको यो भनाइ आउनु भन्दा केही समय अघि गठबन्धनको प्रमुख घटक माओवादीको बैठकमा ‘माधव नेपाल घाँडो’ भएको प्रचण्डको ब्रिफिङ थियो । शायद नेपाललाई गठबन्धनका बैठकमा गरिने व्यवहार पनि त्यस्तै थियो होला । जसले गर्दा उहाँले अपमान भएको महसुष गर्नुभयो ।

माधव नेपाललाई एमाले र माओवादीको एकता भंग गरिदिएर अदालतले पनि ‘अपमान’ गरिदियो ।

यस अघि देखि नै उहाँले भन्ने गर्नुहुन्थ्यो ‘माधव नेपाल अपमान सहेर बस्ने मान्छे होइन ।’ आज पनि त्यसै भन्नुभएको छ । तर अब माधव नेपाल ‘मान’ खोज्न कहाँ जानुहोला त ?एमालेसँग फर्किने ठाउँ छैन,गठबन्धनले मान गरिदिएन । एक्लै चुनावी मैदानमा जाँउ हैसियत छैन । चुनावी मोर्चामा फेरी जनताले अपमान गर्नेछन् । त्यसबेला माधव नेपाल कहाँ जानुहोला ? धेरैले भन्ने गर्दछन्: नेताहरूले गरेको ‘अपमान’  त उहाँले दुखसुख पचाउनुहोला तर चुनावमा जनताले गरेको अपमान पछि उहाँ के गर्नुहुन्छ ? अपमान सहेर बस्न नसक्ने मान्छे माधव नेपाल मानको खोजीमा कहाँ जानुहोला ? उहाँको आनीबानी राम्रोसँग बुझेका नेताहरू भन्छन् ‘चुनावमा जनताले गरेको अपमान सहन नसकेर उहाँ सायद काशी जानुहोला ।’