अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले सबै महानगरका उमपप्रमुख पनि टुंगो लगायो

गठबन्धनले सबै महानगरका उमपप्रमुख पनि टुंगो लगायो


काठमाडौ -पाँचदलीय गठबन्धनले ६ वटै महानगरपालिकाको उपप्रमुख टुंगो लगाएको छ।
मंगलबार बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको टुंगो लगाएको हो।
यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा एकीकृत समाजवादीले काठमाडौं र जनता समाजवादी पार्टी जसपाले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।
मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो ।

सोमबार बसेको गठबन्धनसहितको शीर्ष नेताहरुको बैठकले भरतपुर माओवादी केन्द्रलाई, ललितपुर, काठमाडौं र विराटनगर कांग्रेसलाई र वीरगञ्ज महानगर जसपालाई दिने सहमति गरेको थियो।

पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भएपनि अन्तिममा कांग्रेस उपप्रमुख लिएर पछि हटेको थियो ।