अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वि एण्ड सी अस्पतालद्वारा हल्दीबारीका १ हजार जनाको स्वास्थ्य विमा

वि एण्ड सी अस्पतालद्वारा हल्दीबारीका १ हजार जनाको स्वास्थ्य विमा


झापा – नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिनु भएको छ । । बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार हल्दिवारीका एक हजारलाई निशुल्क स्वास्थ्य विमा उपलब्ध गरिदिने घोषणा गर्नुभएको हो ।

उक्त स्थानमा बि एण्डी सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्त्रदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको हो ।

यसअघि पनि बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो । हालसम्म अस्पताल मार्फत चार हजार परिवारको स्वास्थ्य विमा गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनु भयो । बि एण्डी सी का कार्यकारी निर्देशक प्रसाईले स्वास्यथ्को पहुँच विपन्न वर्गमा पुग्नुपर्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रम अस्पतालका अध्यक्ष इन्दिरा गीरीको अधयक्षतामा भएको थियो ।