काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन। हिजो राती १० बजे देखि आज विहान २ बजेसम्म भएको बैठकमा पनि उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक विना निस्कर्ष सकिएको छ ।
मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बुधबार पनि जारी रहने भएको छ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक आज बिहान ११ बजे बालुवाटारमै बस्नेछ।
रातिदेखि आज बुधबार बिहान २ बजेसम्म छलफल गर्दा पनि जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो। यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो।
अब आज पुनः बैठक बसेर यस विषयमा छलफल गर्न लागिएको हो।







प्रतिक्रिया