अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज गोदावरीमा समृद्ध नेपाल निर्माणका लागि युवाहरुसँग छलफल गर्नुहुने

अध्यक्ष ओलीले आज गोदावरीमा समृद्ध नेपाल निर्माणका लागि युवाहरुसँग छलफल गर्नुहुने


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरुसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।
सनाराई हल गोदावरीमा दिउसो १२ बजे उहाँले पेशागत क्षेत्रका युवाहरुसँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको बिषयमा अन्तरक्रिया गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
कार्यक्रमको आयोजक ओली आफैं हुनुहुन्छ । कार्यक्रममा चिकित्सा,इन्जिनियरिङ,अर्थ,कृषि,उद्योग लगायतका क्षेत्रमा संलग्न करिब १२ जना युवाहरुले आफ्नो धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले नेपालको विकास र समृद्धिको अहिलेको अवस्था,आफू सरकारमा छँदा गरेका प्रयासको चर्चा गर्नुहुनेछ । कार्यक्तममा सहभागी युवाहरुसँग केहीबेर प्रश्नोत्तर पनि राखिएको छ । कार्यक्रमम करिब तीन घण्टामास सकिने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।