सुर्खेत – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको बताउनुभएको छ ।
आज बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने बताउनुभयो ।
रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिंदै उनले यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गरे । अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको रिजालको भनाइ छ ।
अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने रिजालले बताउनुभयो ।







प्रतिक्रिया