काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किनुभएको छ ।
२४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो।
राष्ट्र बैंकमा फर्किएपछि गर्भनर अधिकारीले आफूले सिस्टमका लागि लडेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले अर्थमन्त्रालय, राष्ट्रबैंक संस्था भएकाले आफूले कसैप्रति पूर्वाग्रह नराख्नेसमेत उल्लेख गर्नुभयो ।
न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो।
सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ।







प्रतिक्रिया