काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सहमतिको खाका नबन्दा ढिला भएको छ।
यो बैठकमा ११ वटा उपमहानगरपालिका भागवण्डा गर्ने तयारी थियो। लामो रस्साकस्सीपछि महानगरपालिकाको भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनभित्र कुन उपमहानगर कुन दलले लिनेबारे शीर्ष नेताहरु छलफल गरिरहेका छन्।
यसअघि गएराति अबेरसम्म नेताहरु बालुवाटारमा छलफलमै थिए।
बालुवाटारमा विभिन्न चरणवद्ध छलफल भइरहेका छन्। सहमति जुटाउन एकपक्षीय द्विपक्षी र बहुपक्षीय बैठक चलिरहेको छ।







प्रतिक्रिया