पोखरा – एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली काँग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । सभापतिहरूले संयुक्त धारणा बनाएर मेयर काँग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् ।
‘बैठक बस्र छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौं,’ सचिव गणेशबहादुर थापाले भन्नुभयो, ‘एकै मुख बनाएर हामी संघर्ष गर्छौं ।’
अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ । बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेदवार उठाएर जाने थापाले बताउनु भयो । सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ ।







प्रतिक्रिया