अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले हरेक वर्ष वैशाख ७ मा युवा उत्सव मनाउने अध्यक्ष ओलीको घोषणा

एमालेले हरेक वर्ष वैशाख ७ मा युवा उत्सव मनाउने अध्यक्ष ओलीको घोषणा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गर्नु भएको छ ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताउनु भएको हो ।  

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं । युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौं । त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो ।’

हरेकले बोल्न सम्भव नभएको र विभिन्न सेक्टरबाट बोल्ने अवसर पाउने अध्यक्ष ओलीले बताउनु भयो ।  ‘युवा विद्यार्थी र संगठन मात्रै नभएर विभिन्न क्षेत्रका युवाको अनुभूतिहरूलाई यसमा समावेश गरिनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जैविक र मानवीय आवश्यकताको परिपूर्ति कसरी हुन्छस त्यस विषयमा संक्षिप्तमा चर्चा गर्ने छौं । अन्तरक्रियालाई अघि बढाउने छौं ।’