अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जको मेयर काँग्रेसले पाए संघीय समाजवादीले बागी उम्मेद्वार उठाउने

नेपालगञ्जको मेयर काँग्रेसले पाए संघीय समाजवादीले बागी उम्मेद्वार उठाउने

भोली विहान १० बजेसम्म निर्णय फिर्ता लिन अल्टिमेटम


बाँके -सत्ता साझेदार जनता समाजवादी पार्टी जसपा बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष गठबन्धनबीचको सहमति नमान्ने चेतावनी दिएको छ।
बुधबार गठबन्धनका शीर्ष नेताहरुबीच ६ महानगरपालिका र ११ उपमहानगरपालिका बाँडफाँट गर्ने सहमति भएपछि त्यसबारे प्रतिक्रिया आउन थालेका हुन्।
सहमतिको केही समयपछि नै जसपाको बाँके जिल्ला कमिटीले केन्द्रको निर्णय नमान्ने भन्दै निर्णय सच्याउन भोलि विहीबार १० बजेसम्मको अल्टिमेटम दिइएको बाँकेबाट संघीय सांसद समेत रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले बताउनुभयो ।

गठबन्धनबीच जसपाले मागेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसलाई उम्मेदवार दिने सहमति भएको छ।

‘केन्द्रको सहमति जिल्लाले नमान्ने निर्णय गरिसकेको छ,’ राईले भन्नुभयो, ‘भोलि १० बजेसम्म निर्णय सच्चिएन भने उम्मेदवारीको विरुद्धमा हामी छुट्टै उम्मेदवार उठाउँछौँ।’

‘म त्यहीँका नेता र कार्यकर्ताले बनाएको सांसद हुँ, गठबन्धनले गरेको निर्णय मान्न गाह्रो छ, त्यसबेला मैले गठबन्धनको निर्णय विरुद्धमा जानैपर्छ र जान्छु,’ राईको भनाइ छ ।
नेपालगञ्ज महानगरपालिकामा यसअघि जितेका राप्रपाका धवलशमशेर राणाले चुनाव नलड्ने घोषणा गरेपछि जसपा बलियो अवस्थामा रहेको उनीहरुको विश्लेषण थियो।