अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेता मोहम्मद इस्तियाक राई भन्छन्- ‘नेपालगञ्ज मेयर नपाए बागी उम्मेदवारी दिन्छौं’

जसपा नेता मोहम्मद इस्तियाक राई भन्छन्- ‘नेपालगञ्ज मेयर नपाए बागी उम्मेदवारी दिन्छौं’


बाँके- जनता समाजवादी पार्टी(जसपा) नेता मोहम्मत इस्तियाक राईले गठबन्धनबाट नेपालगञ्ज उपमहानगरपालिका मेयर नदिए बागी उम्मेदवारी दिने बताउनुभएको छ । सत्ता गठबन्धनबाट मेयर नेपाली काँग्रेसको भागबण्डामा परेपछि राईले मेयरमा बागी उम्मेदवारी दिने चेतावनी दिनुभयो ।

‘जसपा बाँके जिल्ला अध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिका मेयर उम्मेदवारले पार्टीको निर्णय सच्याउन बिहान १० बजेसम्मको म्याद दिनु भएको छ। यदि गठबन्धनले गरेको निर्णय नसचिएमा पार्टीबाट राजीनामा दिएर बागी उम्मेदवारी दिने भन्नु भएको छ’ उहाँले भन्नुभयो, ‘मैले यस क्षेत्रबाट प्रतिनिधित्व गर्छु। उनै नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकबाट सांसद हुँ र देशको नेता भएको छु। त्यसमा मेरो पूर्ण सहमति हुने छ।’

आफूलाई जिताएका नेता कार्यकर्ता र शुभचिन्तक नै नभए पार्टीको निर्णय मात्रै मानेर जाने अवस्था नरहेको राईले जिकिर गर्नुभयो ।