काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो जरिहेको बताउनुभएको छ ।
केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा एकताको बेला आफूले दिएको बहुमत दुरुपयोग गर्न प्रचण्ड(माधव उद्धत भएर १९ पृष्ठ लामो फौजदारी अभियोग लगाएको बताउनुभयो ।
ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भन्नुभयो, ‘हनुमानले जस्तै यिनीहरूले पनि एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ । एक वर्षअघि यिनीहरूले भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए तर मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।’
ओलीले आफूलाई प्रचण्ड(माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरी पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर त्यही अभियोगका आधारमा थुन्नेसम्मको षड्यन्त्र गरेको बताउनुभयो । उहाँले एमाले र माओवादीको एकता भंग भएर जनमत खण्डित भएपछि प्रतिनिधिसभा भंग गरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया