अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्य कब्जा गर्न खोज्नेहरूको अहिले थुतुनो जलिरहेको छ : अध्यक्ष ओली

सूर्य कब्जा गर्न खोज्नेहरूको अहिले थुतुनो जलिरहेको छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सूर्य चिन्ह सिध्याउँछौं भनेर खान खोज्नेहरूको थुतुनो अहिले जलिरहेको बताएका छन् ।

केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘हनुमानले जस्तै एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोजे । तर, उनीहरूकै थुतुनो अहिले जलिरहेको छ ।’

उनले एक वर्षअघि भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेको तर नसकेको बताए । भने, ‘मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएको हुँ ।’ उनले अदालतले संविधानबाहिर गएर आफ्नो सरकार हटाएको न्यायाधीशले नै स्वीकार गरिसकेको बताए ।

तत्कालीन नेकपा एकताको बेला आफूले दिएको बहुमत दुरुपयोग गर्न प्रचण्ड–माधव उद्धत भएर १९ पृष्ठ लामो फौजदारी अभियोग लगाएको उनले बताए ।