अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटमा ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ अभियान सुरू

नुवाकोटमा ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ अभियान सुरू


नुवाकोट – नुवाकोटमा नेपाली कांग्रेस मास्न पाइदैन  भन्ने अभियान नै सुरू भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालयमा व्यानर नै टाँगेर ‘कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिँदैन’ भन्ने अभियान सुरू भएको छ ।

कांग्रेस जिल्ला कार्यालयको मुलगेटमा व्यानर राखिएको छ । केही कार्यकर्ताले भोलिदेखि पार्टी कार्यालयमा तालाबन्दी नै गर्ने तयारी समेत गरेका छन् । पार्टीका जिल्ला सभापति रमेशकुमार महत पार्टी भन्दा बढी गुट चलाएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । जसको असर तल शुभेच्छुकसम्म पुगेको छ।

अहिले कांग्रेस एक हुनुपर्ने बेलामा झण्डै ५० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने समूहलाई बाहिर पुर्‍याएर  जनाधार निकै कमजोर भएको माओवादी र एकीकृत समाजवादी बोक्न खोजेको भन्दै अधिकांश नेता कार्यकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्दै बिरोध जनाइरहेका छन् । उनीहरूले नुवाकोटमा गठबन्धन गर्नुभनेको कांग्रेस अर्को २० वर्षपछि पुग्नु हो भन्दै माओवादीको संगत छाड्नुपर्ने बताएका छन् ।