अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज काठमाडौं महानगर प्रमुखका लागि उम्मेदवारको टुङ्गो लगाउने

एमालेले आज काठमाडौं महानगर प्रमुखका लागि उम्मेदवारको टुङ्गो लगाउने


नेकपा एमालेले आज काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाउने भएको छ । एमाले सचिवालय बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

आज बस्ने सचिवालय बैठक बस्दैछ । आजै निर्णय आउने संभावना एमाले सचिवालयले जनाएको छ ।  हाल काठमाडौं महानगरपालिका प्रमुख रहेका विद्यासुन्दर शाक्य र केशव स्थापितमध्ये एक जना तय हुनसक्ने संभावना रहेको एक स्रोतले बताएको छ ।

एमालेले काठमाडौं महानगर प्रमुखको उम्मेदवारका लागि विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो ।