अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल गरीब हुनै नसक्ने देश हो : अध्यक्ष ओली

नेपाल गरीब हुनै नसक्ने देश हो : अध्यक्ष ओली

हाम्रो उदेश्य देश बनाएर छाड्ने हो


काठमाडौं – नेकपा एमालेका अध्यक्ष ओलीले नेपाल गरीब हुनै नसक्ने देश भएको दाबी गर्नु भएको छ ।

पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको उद्देश्य देश बनाएरै छाड्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुहुन्छ, ‘हाम्रो उदेश्य यो देश बनाएर छाड्ने हो । यो देश गरीब हुन सक्ने देश होइन्। गरीब हुनै नसक्ने देश हो यो । हाम्रा पुर्खाहरुको हिसाबले यो पछाडि पर्नसक्ने देश होइन। यस्तो उर्वर, जिउँदो माटो, जिउँदो हावा भएको देश हो।’

माटो मृत भयो भने केही नहुने भन्दै बिरामी भएको माटोलाई उपचार गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ। उहाँले भन्नुभयो, ‘माटो मृत भयो भने त्यसमा केही हुँदैन। हाम्रो माटो जिउँदो माटो हो। माटो बिमारी होला त्यसको उपचार हुन्छ। आम रुपमा माटो स्वस्थ छ, त्यसको उपचार हुन्छ।’