अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारले उम्मेदवार बन्न महासंघको सदस्यता त्याग्नुपर्ने

पत्रकारले उम्मेदवार बन्न महासंघको सदस्यता त्याग्नुपर्ने


काठमाडौं – नेपाल पत्रकार महासंघले निर्वाचनमा तटस्थ ढंगले समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरेको छ।

आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघले अपिल गरेको हो।

महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न पनि महासंघले आग्रह गरेको छ।

आज बसेको भर्चुअल बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय पनि गरेको छ।