इलाम – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाउनु भएको छ ।
गृहजिल्ला इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले प्रमुख सत्तारुढ कांग्रेसले सबै सरकारी उद्योग कलकारखाना बेचेर खाएको आरोप लगाउनु भएको हो ।
नेता खनालले भन्नुभयो, ‘पहिला पञ्चायतकालमा कृषि औजार कारखाना थियो नि ! त्यसलाई पनि कांग्रेसको सरकारले समाप्त गरिहाल्यो। कांग्रेसलाई सरकारी उद्योग देख्नै नहुने रहेछ । कांग्रेसका साथीहरुले मन नदुखाउनु होला, तपाईँहरुका नेताले गरेको त्यो भयानक गल्ती थियो।’
कांग्रेसको सरकारले इँटा कारखानादेखि कागज कारखाना पनि निजीकरण गर्ने नाममा बेचेर खाएको दाबी गर्नु भयो ।
नेता खनाल भन्नुहुन्छ, ‘राणाकालका हाम्रा पुर्खालाई सम्झिनु त त्यो बेला विदेशबाट कपडा आउँदैन थिए। खाडीका कपडा नेपालमा उत्पादन हुन्थे। हाम्रा हजुरबाहरूले लगाउनुहुन्थ्यो । विदेशी कारखानाका कपडा व्यापक बनाउने अनि यहाँका समाप्त गर्ने काम भएको छ।’







प्रतिक्रिया