अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाका नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ सर्वसम्मत उम्मेदवार

धनकुटाका नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ सर्वसम्मत उम्मेदवार


धनकुटा – एमालेले धनकुटा नगरपालिकाको मेयरमा वर्तमान मेयर चिन्तन तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने भएको छ।

एमाले धनकुटा नगरकमिटिको बैठकले सवै वडाबाट सिफारीस भएर आएका तामाङलाई दोस्रो कार्यकालको लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘उहाँको सवै वडाबाट सिफारीस आयो । जनतामा पनि लोकप्रिय हुनुहुन्छ । त्यसैले सर्वसम्मत निर्णय गरेका हौ,’ एमाले धनकुटा नगर कमिटि अध्यक्ष अर्जुन छाराहाङले बताउनु भयो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउदै विजयी भएका चिन्तन तामाङ सर्वसम्मत हुने धनकुटाको पहिलो पालिका प्रमुख हुनुहुन्छ । उहाँ एमाले धनकुटाको उपाध्यक्ष हुनुहुन्छ ।

त्यसैले धनकुटा नगरपालिकाको वडा २ मा चन्द्रलाल तामाङ र वडा नं. ४ मा जमसेर छाराहाङ वडाध्यक्षमा सर्वसम्मत सिफारीस हुनु भएको छ । उहाँहरु दुवैजना वर्तमान वडाध्यक्ष हुनुहुन्छ ।