काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो जलेको बताउनु भएको छ ।
आज केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ। मेरोविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारिएको थियो । नेकपाको एकता जोगाउन धेरै प्रयास गरे पनि सफल हुन दिएनन् ।’
अध्यक्ष ओली भन्नुहुन्छ ‘हामी विशेष परिस्थिति र अत्यन्तै सफलताका साथ अघि बढिरहेका छौं । चुनौति र व्यवधान खडा गर्न खोजिएको छ । एमालेले लिएको नीति र विचारले देशलाई विकास र सुशासन दिन सक्छ भन्ने पुष्टि भइसकेको छ । नीतिगत रुपले एमालेले देशलाई चौतर्फी ढंगले अघि बढाउन सक्छ । देश विकास र सुशासनलाई अगाडि बढाएर सम्मृद्ध नेपाल, सुखी नेपाली बनाउन सक्छ भन्ने आम विश्वास बढेको छ ।’







प्रतिक्रिया