काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नु भएको छ ।
आज केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको संगठन बलियो बनेकाले एमालेले बहुमत ल्याउने दाबी गर्नु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौं। ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौं । तर परिणाम राम्रो ल्याएका थियौं । यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’
अध्यक्ष ओलीले नेता तथा कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर घेर्न खोजे पनि सफल हुन नदिने बताउनु भयो ।







प्रतिक्रिया