अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीलाई अलग गरेर सिन्धुलीमा कांग्रेस र माओवादीबीच भागबण्डा

एकीकृत समाजवादीलाई अलग गरेर सिन्धुलीमा कांग्रेस र माओवादीबीच भागबण्डा


सिन्धुली – सिन्धुलीका स्थानीय तहको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र भागबन्डा गरेका छन् । दुई दलका नेताहरुको बैठकले सिन्धुलीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई बाहिर राखेर सहमति गरेको छ । सहमतिमा कमलामाइ नगरपालिकासहित ५ वटा पालिका कांग्रेसको भागमा परेको छ भने दुधौलीसहित ४ वटा पालिका नेकपा माओवादी केन्द्रको भागमा परेको छ।

बैठकमा कांग्रेस र माओवादीका नेताहरु मात्र सहभागी भए पनि निर्णय पुस्तिकामा भने ५ दलीय गठबन्धनको बैठक भनिएको छ ।

कसको भागमा कुन पालिका ?

कमलामाई नगरपालिका
प्रमुख – नेपाली कांग्रेस
उपप्रमुख – नेकपा माओवादी केन्द्र

दुधौली नगरपालिका
प्रमुख – नेकपा माओवादी केन्द्र
उपप्रमुख – नेपाली कांग्रेस

तीनपाटन गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

फिकल गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

गोलाञ्जोर गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

सुनकोशी गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

घ्याङलेक गाउँपालिका
अध्यक्ष – नेपाली कांग्रेस
उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

मरिन गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस

हरिपुरगढी गाउँपालिका
अध्यक्ष – नेकपा माओवादी केन्द्र
उपाध्यक्ष – नेपाली कांग्रेस