अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले गण्डकी र लुम्बिनीका सांसदलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय

एमालेले गण्डकी र लुम्बिनीका सांसदलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय


काठमाडौं – नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने भएको छ । आज बसेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भयो ।

उपमहासचिव गुरुङले भन्नुभयो, ‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुन सक्ने सम्भावना रहेको छ । त्यसैले गण्डकीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवारका रुपमा अघि सार्दैनौ । लुम्बिनी लगायत सम्भावना भएका स्थानमा पनि त्यो निर्णय गर्न सक्छौ ।’

एमालेले पोखरा महानगरपालिकाले मेयरमा सिफारिस गरेका १२ जनामध्ये दुई जना प्रदेशसभा सदस्य छन्। जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम पनि छ । एमालेको यो निर्णयसँगै थापा र पहारीले मेयरको उम्मेदवार हुन नपाउने भएका छन् ।

साथै एमालेले महानगर र उपमहानगरपालिकाहरुमा सहमति गरेका राप्रपा नेपाल, परिवार दलबाहेक माओवादी केन्द्र र काँग्रेससँग पनि स्थानीय तहमा गठबन्धन गर्न सक्ने जनाएको छ ।