अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरको अरुण गाउँपालिकामा एमालेले छान्यो अध्यक्ष-उपाध्यक्षका उम्मेदवार

भोजपुरको अरुण गाउँपालिकामा एमालेले छान्यो अध्यक्ष-उपाध्यक्षका उम्मेदवार


भोजपुर – नेकपा एमालेले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ ।

पालिका कमिटीको बैठकले अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मुलधारको राजनीतिमा प्रवेश गर्नु भएका घिमिरे २०७४ चुनावमा पनि अरुणको अध्यक्षमा उठेका थिए । नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्कीसँग उहाँ ६०१ मतान्तरले पराजित हुनु भएको थियो । चुनावमा पराजित भएका घिमिरे अविचलित रूपमा पार्टी काम र जनताको सेवामा लागेकोले पुन:उहाँलाई अघि सारिएको एमालेले जनाएको छ ।

सत्तारुढ गठबन्धनले जिल्लाको अन्य पालिका भागबण्डा गरिरहँदा अरुण गाउँपालिकामा भने एक्लाएक्लै भिड्ने निर्णय गरिसकेको छ ।