काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्न सक्ने जनाएको छ ।
आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुन सक्ने बताउनु भएको हो ।
उपमहासचिव गुरुङले भन्नुभयो, ‘कतिपय स्थानीय तहमा कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्छ ।’







प्रतिक्रिया