अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक नियुक्तिबारे सर्वोच्चलाई अध्यक्ष ओलीको जवाफ- विपक्षी दलको नेतासँग जवाफ माग्न मिल्दैन

संवैधानिक नियुक्तिबारे सर्वोच्चलाई अध्यक्ष ओलीको जवाफ- विपक्षी दलको नेतासँग जवाफ माग्न मिल्दैन


काठमाडौं – संवैधानिक इजलासले लिखित जवाफ माग गरेपछि नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफू प्रतिपक्षमा भएको अवस्थामा पनि जवाफ मागिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

आफ्नो कार्यकालमा संवैधानिक आयोगमा गरिएका नियुक्तिबारे पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले अध्यक्ष ओलीसँग पनि लिखित जवाफ माग गरेको थियो।

‘प्रधानमन्त्रीबाट अदालतले अपदस्थ गरेपछि विपक्षी दलको नेतामा रहेको छु। नेपालको संविधान वा कानुनले सरकारको ‘पर्पेक्च्युयल सक्सेसन’को आधारमा विपक्षी दल हुँदैन’, उहाँले जवाफमा लेख्नु भएको छ, ‘मुद्दा दायर हुँदा सरकारको नेतृत्व गरेको आधारमा त्यस्तो विषयमा अहिले विपक्षी दलको नेतालाई लिखित जवाफ माग्न मिल्दैन।’

संवैधानिक इजलासले आफूविरुद्ध म्याद जारी गर्नु संविधान, सरकारको निरन्तरता र संसदीय प्रणाली विरुद्धमा भएको अध्यक्ष ओलीको जवाफ छ।

अध्यक्ष ओलीले सर्वोच्चमा ९ बुँदे लिखित जवाफ बुझाउनु भएको छ ।

यस्तो छ ओलीको जवाफ