अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सुशासन ,विकास र समृद्धि समाजवादको आधार,सबै स्थानीय तहमा एमालेको सरकार’भन्ने नारा सहित एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै

‘सुशासन ,विकास र समृद्धि समाजवादको आधार,सबै स्थानीय तहमा एमालेको सरकार’भन्ने नारा सहित एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै


ललितपुर – नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ । आज नेकपा एमालेको ७४ औं स्थापना दिवस हो । आजै पार्टीका पुराना सेल्टरदाता १७ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

के छ घोषणा पत्रमा ?
नेकपा एमालेले तयार गरेको घोषणा पत्रको मुला नारा- सुशासन ,विकास र समृद्धि समाजवादको आधार,सबै स्थानीय तहमा एमालेको सरकार राखिएको छ । पार्टीका सचिवालयका एक सदस्यका अनुसार घोषणा पत्रमा अघिल्लो स्थान्ीय निर्वाचन देखि हालसम्म राजनीतिक विष्लेषण गरिएको छ । माओवादीसँगको एकता र भंग हुनुका कारण पनि केलाइएको छ । दोस्रो खण्डमा केपी शर्मा ओलीको सरकारले सुरु गरेको र सम्पन्न गरेका विकास र समृद्धिका विभिन्न आयोजनाहरुको संक्षिप्त विवरण उल्लेख गरिएको छ । तेस्रो खण्डमा उमालेले जितेका स्थानीय तहहरुले गरेका राम्रा कामहरुकोे बुँदागत रुपमा चर्चा गरिएको छ । अन्तिम खण्डमा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु २२ वटा बुँदामा समेटिएको छ ।