भैरवहा -नेपाली कांग्रेस छाडेका रूपन्देहीका नेता तथा पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी जसपा प्रवेश गर्नुभएको छ ।
शुक्रबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराउनुभएको हो ।
स्थानीय तहको टिकट वितरणमा नेपाली कांग्रेसले पुरानो नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता देखाएको भन्दै उनले पार्टी परित्याग गर्नुभएको थियो । भैरहवास्थित सिद्वार्थनगर नगरपालिकामा यादव कांग्रेसबाट मेयरका आकांक्षी हुनुहुन्थ्यो ।
गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित हुनुभएको हो ।







प्रतिक्रिया