अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज सम्मान गर्ने १७ जना योद्धाहरु को को हुन् ?

एमालेले आज सम्मान गर्ने १७ जना योद्धाहरु को को हुन् ?



काठमाडौं -नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिनको अवसर पारेर एमालेले आज १७ जना याुद्धाहरुलाई सम्मान गर्दैछ । पार्टीको केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीका अनुसार उनीहरु मध्ये कोही सेल्टरदाता,कोही आफैं आन्दोलनमा लागेका र कोही पार्टीको लामो जीवन कालखण्डमा कुनै न कुनै योगदान गरेका योद्धाहरु रहेका छन् ।
एमाले प्रचार विभाग सदस्य गगन विष्टले दिएको जानकारी अनुसार सम्मानित हुनेहरुमा टेकनाथ बराल कास्की,नेत्र प्रसाद ढुंगाना अर्घाखाँची,तुलसीराम मिश्र अर्घाखाँची नानीमैया नकर्मी कुमार गुरुङ गोरखा हुनुहुन्छ । यसैगरी चतुर व्यञ्जनकार ललितपुर,बषन्त गौचन बागलुङ,हरी प्रसाद शर्मा काफ्ले दोलखा,रामकृष्ण दुलाल काठमाडौं पनि सम्मानित हुदैहुनुुहन्छ । छत्रबहादुर बोहोरा सिन्धुपाल्चोक,माधव प्रसाद अधिकारी काभ्रेपलान्चोक,चुम बन्जाडे रुपन्देही,लक्ष्मी जोशी कन्चनपुर,विष्णु डंगोल काठमाडौंलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी अमर कार्की चितवन,कुमारी देवी महरा चमरा धनुषा र भीमबहादुर खतिवडा झापालाई पनि सम्मान गर्ने कार्यक्रम छ ।
उहाँहरुलाई अध्यक्ष केपी शर्मा ओलीले दिउसो १ बजे पार्टीको नयाँ कार्यलय तुल्सीलाल स्म्ृति प्रतिष्ठान च्यासलमा सम्मान गर्दैहुनुहुन्छ छ।