अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेद्वार हुन जनप्रतिनिधी मात्र होइन, कर्मचारी पनि राजिनमा दिंदै

उम्मेद्वार हुन जनप्रतिनिधी मात्र होइन, कर्मचारी पनि राजिनमा दिंदै


नवलपुर- नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले मेयरको उम्मेदवारी दिन पदबाट राजीनामा दिनुभएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा उम्मेदवार बन्न भुसालले उपसचिव पदबाट राजीनामा दिनुभएको हो ।सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिवबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिनुभयो । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
स्थानीय विकास अधिकृत, कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृतमा गरी १२ वर्षको स्थानीय तहको अनुभव छ’ भुसालले भन्नुभयो, ‘जिल्ला विकास समिति, महानगरपालिका, नगरपालिका गरी ६ वटा स्थानीय निकायमा नै प्रशासनबाट काम गरेकोले अब राजनीतिमा पनि अवसर पाएको अवस्थामा नमुना पालिका बनाउन सकिन्छ कि भन्ने छ’

नेपाली काङ्ग्रेसबाट उम्मेदवार हुन लागेका भुसाल देवचुली नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । निजामतीमा आउनुअघि गाउँमा टिचिङसमेत गरेका उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमासमेत काम गरी सकेका छन् । २०७५ देखि २०७७ को बिचमा करिब डेढ वर्ष उहाँले काम गर्नुभएको थियो ।

स्थानीय मतदाताको आग्रहअनुसार उपसचिवबाट राजीनामा दिएर पार्टी राजनीतिमा आएको बताएका उनले आफ्नो अध्ययनको विषय पनि विकास प्रशासन नै भएको र अनुभवसमेतका आधारमा धेरै काम गर्न सकिने बताउनुभयो ।

५५ सालअघि साबिकको देवचुली गाउँ कमिटीको काँग्रेस सभापति रहेका भुसाल लोक सेवा पास गरेर निजामतीमा प्रवेश गर्नुभएको थियो । यसअघिको निर्वाचनमा देवचुली नगरपालिकामा मेयरसहित बहुमत काँग्रेसले जितेको थियो ।