काठमाडौं – सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै जनकपुरका कांग्रेस नेताहरूले पार्टीबाट सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।
गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति मनोज साहलगायतले असन्तुष्टि जनाउँदै आएका थिए ।
उनीहरूले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै पार्टीबाट सामुहिक राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।
सभापति नेता विमलेन्द्र निधि समुहका हुन् । कांग्रेसबाट राजीनामा दिएर आज नै उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।







प्रतिक्रिया