अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा कलैयाको मेयरमा चार जनाको नाम सिफारिस

एमालेद्वारा कलैयाको मेयरमा चार जनाको नाम सिफारिस


कलैया – नेकपा एमालेले बाराको कलैया उपमहानगरपालिकाको मेयरमा जिल्ला अध्यक्षसहित ४ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुनलाई नगर कमिटीले सिफारिस गरेको थियो ।

सो नाममा जिल्लाले प्रतिमा यादवको नामसमेत थप गरि प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष साहले बताए ।