अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषा कांग्रेसका नेताहरूले सामू्हिक राजिनामा दिँदै, स्वतन्त्र उम्मेदवारी दिने

धनुषा कांग्रेसका नेताहरूले सामू्हिक राजिनामा दिँदै, स्वतन्त्र उम्मेदवारी दिने


जनकपुरधाम – जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै जनकपुरका कांग्रेस नेताहरुले आज सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुर कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताउनु भयो ।

असन्तुष्ट रहेका कांग्रेस नगर सभापति मनोज साहको नेतृत्वमा जनकपुरका कांग्रेसहरुले पार्टीबाट सामुहिक राजीनामा दिने र स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।

उनीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छन् । राजीनामापछि आजै नेता मनोज साहले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने छन् ।