डडेल्धुरा – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सत्ता गठबन्धन संकटमा परेको छ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पालिका बाँडफाँटमा सहमति नजुटेपछि गठबन्धन धरापमा परेको हो।
डडेल्धुराको सत्ता गठबन्धनले पालिका बाँडफाँटमा सहमति जुटाउन नसकेपछि प्रदेश स्तरमा छलफल अगाडि बढाइएको छ।
७ पालिका रहेको डडेलधुरामा सिट बाँडफाँटमा कुरा नमिलेपछि असन्टुष्टिका बीच चुनावमा होमिँदा परिणाम विपरीत आउने भन्दै गठबन्धनमा रहेका दलले एक्ला-एक्लै भिड्ने निष्कर्ष निकालेका हुन् ।
छलफलका क्रममा जिल्ला सभापति भीमबहादुर साउद नै नगरप्रमुख रहेको परशुराम नगरपालिकाको दाबीमा माओवादी केन्द्र पछाडि हटेको थिएन् । यसबाहेक माओवादीले तीन स्थानीय तह र र समाजवादीले दुई ठाउँमा दाबी गरेका थिए । जसमा आफ्नो पार्टी सहमत नभएपछि सँगै जान नसकिएको सभापति साउँदले बताउनु भयो ।







प्रतिक्रिया