अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नयाँ केन्द्रीय कार्यालय उद्घाटन

एमालेको नयाँ केन्द्रीय कार्यालय उद्घाटन


काठमाडौं – नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बिच पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शुभारम्भ गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो । शुभारम्भ गरेसँगै अब बल्खुमा नयाँ भवन नबनेसम्म सम्पुर्ण काम यसै भवनबाट हुने अध्यक्ष ओलीले बताउनुभयो ।

थापाथलीबाट पार्टी कार्यालय सरेको र अब च्यासलबाटै एमालेको हेडक्वार्टर सञ्चालन हुने एमालेले जनाएको छ ।