उदयपुर – नेकपा एमालेको विरुद्ध मोर्चाबन्दी गर्दै आएको कांग्रेससहित पाँच दलले उदयपुरमा गठबन्धन नगर्ने भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने भएपछि पाँच दलीय गठबन्धन छिन्न भिन्न भएको हो ।
कांग्रेसले दुई नगरपालिकामा आफ्नो दाबी नछाडेपछि गठबन्धन धरापमा परेको एक स्रोतले बतायो । कांग्रेसले यसअघि विजयी हासिल गरेको चौदण्डीगढी नगरपालिका र दोस्रो बनेको त्रियुगा नगरपालिका अन्य दललाई नछाड्ने भएपछि गठबन्धनमा समस्या भएको छ ।
गठबन्धनको केन्द्रीय नीति अनुसार नेपाली कांग्रेसले त्रियुगामा एकीकृत समाजवादीलाई छाड्नु पर्ने भए पनि कांग्रेसका नेता बसन्त बस्नेतको मेयरमा उम्मेद्वार बन्ने चाहाना अनुसार सहमति बन्न नसकेको जनाइएको छ ।
गठबन्धनको बारेमा नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कार्कीले दुई नगरपालिका बाहेकको स्थानमा छलफल भइरहेको जानकारी दिनु भयो ।







प्रतिक्रिया