अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘एमालेले गजुर मात्रै हेर्दैन, जगको पनि सम्मान गर्छ’

‘एमालेले गजुर मात्रै हेर्दैन, जगको पनि सम्मान गर्छ’


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले पार्टीको जग बसाल्न महŒवपूर्ण योगदान गर्ने योद्धालाई पार्टीले कहिले नभुल्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिनको अवसरमा १७ जना योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीले गजुरलाई नभई जगलाई सँधै नियाल्ने बताउनुभयो ।

‘मन्दिर बनेपछि सबैको ध्यन जगमा जान्छ । तर, हामी त्यो मन्दिर थाम्ने जग भुल्दैनौं । आज सम्मान गरिनुभएका ती महान १७ योद्धा हाम्रो जग हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

उपमहासचिव ज्ञवालीका अनुसार सम्मानित १७ जना मध्ये कोही सेल्टरदाता, कोही आफैं आन्दोलनमा लागेका र कोही पार्टीको लामो जीवन कालखण्डमा कुनै न कुनै योगदान गरेका योद्धाहरू हुन् । ‘धेरैले जेल जीवन बिताउनुभयो । कसैले सेल्टरदिनुभयो भने कसैले तत्कालिन समयमा जेल तोड्न पनि साथ दिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘आज पार्टीलाई महŒवपूर्ण स्थानमा उहाँहरूले नै पु¥याउनुभएको हो ।

सम्मानित १७ जनाले हालसम्म राज्यको कुनै पनि सेवा सुविधा नलिएको र निरन्तर पार्टीलाई योगदान दिएको एमालेले जनाएको छ । ‘आज पार्टीमा यस्तो आदर्शको खाँचो छ । उहाँहरूकै योगदानका कारण आजपार्टी यो तहमा पुगेको छ,’ ज्ञवाालीले भन्नुभयो ।

सम्मानित हुनेहरू

१, टेकनाथ बराल कास्की
२, नेत्र प्रसाद ढुंगाना अर्घाखाँची
३, तुलसीराम मिश्र अर्घाखाँची
४, नानीमैया नकर्मी काठमाडौं
५, कुमार गुरुङ गोरखा
६, चतुर व्यञ्जनकार ललितपुर
७, वसन्त गौचन बागलुङ
८, हरी प्रसाद शर्मा काफ्ले दोलखा
९, रामकृष्ण दुलाल काठमाडौं
१०, छत्रबहादुर बोहोरा सिन्धुपाल्चोक
११, माधव प्रसाद अधिकारी काभ्रेपलान्चोक
१२, चुम बन्जाडे रुपन्देही
१३, लक्ष्मी जोशी कन्चनपुर
१४, विष्णु डंगोल काठमाडौं
१५, अमर कार्की चितवन
१६, कुमारी देवी महरा चमरा धनुषा
१७, भीमबहादुर खतिवडा झापा