अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेनु दाहालले मेयरबाट राजीनामा दिँदै

रेनु दाहालले मेयरबाट राजीनामा दिँदै


चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः उम्मेदवार बन्न पदबाट राजीनामा दिने भएकी छन् ।

स्थानीय निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न शुक्रबार राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।