ललितपुर-नेकपा एमालेले ६ वटा संकल्पका साथ आफ्ना जनप्रतिनधीलाई जनताका काममा केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
जसमा भनिएको छ
१. हाम्रा जनप्रतिनिधि शासक होइन,जनताका सेवक हुनेछन् ।
२. हाम्रा जनप्रतिनिधी सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।
३. हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमूना बन्नेछन् ।
४. हाम्रा जनप्रतिनिधीहरुले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।
५. हाम्रा जनप्रतिनीधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।
६. हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी,व्यभिचारी,अनियमितता र सावर्जनिक सम्पतीको दोहन गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्नेछन् ।
प्रतिक्रिया