अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जनतामा गरिबीका धर्का देख्न सक्दैन : अध्यक्ष ओली

एमालेले जनतामा गरिबीका धर्का देख्न सक्दैन : अध्यक्ष ओली


ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनतामा गरिबीका धर्काहरु एमालेले देख्न नसक्ने बताउनुभएको छ।
पार्टी कार्यालय समेत रहेको तुलसीलाल स्मृति भवनमा ७४ औं नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली जनतामा गरिबीका धर्काहरु सहन नसक्ने बताउनुभएको हो।
‘हामी नेपाली जनतामा गरिबीका धर्काहरु देख्न सक्दैनौं, सहन सक्दैनौं,’ ओलीले भन्नुभयो, ‘नेपाली जनतालाई सुखी जनता बनाउन चाहन्छौं। गरिबी नभएको अभाव नभएको, कुनै असमानता नभएको समतामुलक समाज हामी चाहन्छौं।’
उहाँले ‘वेइटिङ गभर्मेन्ट’ एमालेका लागि मामुली कुरा भएको दाबी गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमाले वेइटिङ गभर्मेन्टको कुरा जुन छ, त्यो त एमालेका लागि मामुली कुरा हो।’