काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनतामा गरीबीका धर्काहरु एमालेले देख्न नसक्ने बताउनु भएको छ ।
पार्टी कार्यालय समेत रहेको तुलसीलाल स्मृति भवनमा ७४ औं नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनतामा गरीबीका धर्काहरु सहन नसक्ने बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी नेपाली जनतामा गरीबीका धर्काहरु देख्न सक्दैनौं, सहन सक्दैनौं । नेपाली जनतालाई सुखी जनता बनाउन चाहन्छौं। गरीबी नभएको अभाव नभएको, कुनै असमानता नभएको समतामुलक समाज हामी चाहन्छौं।’
अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलन भनेकै नेकपा एमाले रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो कम्युनिस्ट पार्टीले जुन रगत बतायो, यसको मुख्य सफलता त्यही हो । आजको नेपालको कम्युनिस्ट आन्दोलन भनेको नेकपा एमाले हो। यसलाई ठिक ढंगले नेपाली जनताले बुझेका छन्।’







प्रतिक्रिया