अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरायसी प्रयोजनका लागि विपन्न परिवारलाई नि:शुल्क विद्युत् उपलब्ध गराउने एमालेको प्रतिबद्धता

घरायसी प्रयोजनका लागि विपन्न परिवारलाई नि:शुल्क विद्युत् उपलब्ध गराउने एमालेको प्रतिबद्धता


काठमाडौं – नेकपा एमालेले विपन्न परिवारलाई घरायसी प्रयोगको लागि विद्युत् नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

आज एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् नि:शुल्क उपलब्ध गराउने उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘प्रत्येक नागरिकका घरमा विद्युत् सुविधा र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् नि:शुल्क उपलब्ध गराइनेछ ।’

विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिबद्धता पनि एमालेले जनाएको छ ।

‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानुनी र संरचनात्मक प्रबन्ध गर्ने, नेपाल विद्युत् प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।